नेपाल सरकार
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
पशु सेवा विभाग
पशुपन्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखा
भेटेरिनरी इपिडेमियोलोजी शाखा
त्रिपुरेश्वर, काठमाडौँ, नेपाल

Senior Veterinary Officer



डा. मुकुल उपाध्याय
वरिष्ठ पशु चिकित्सक

Information Officer

हाम्रो उद्देश्य

यस केन्द्रले विश्व पशु स्वास्थ्य संघको मापदण्ड, निर्देशिका र सुझाव अनुरुप राष्ट्रिय स्तरमा पशु स्वास्थ्य सुचना व्यवस्थापन प्रणाली (National Animal Health Information Management System) सन्चालन गर्दै आएकोछ । सीमित श्र्रोत, साधन र जनशक्ति भएको हालको स्थितिमा केन्द्रीकृत रुपमा National Databank  सन्चालित छ र Internal networking system लाई मूर्तरुप दिइएको छ । विश्व पशु स्वास्थ्य संघको मान्यता अनुरुप राष्ट्रिय भेटेरीनरी सेवाले पशुपंछी लगायत वन्यजन्तु, मौरी, माछा लगायत पशुबाट मानिसमा सर्न सक्ने रोगहरुको सुचना प्रवाह गर्नु पर्ने प्रतिबद्घता भएता पनि संरचना, कार्यक्षेत्र भिन्न भएको अवस्थामा सबन्धित निकायहरुसंग रोग सुचना व्यवस्थापनमा प्राविधिक सहयोग, समन्वय, समझदारी र सहकार्यको आधारमा सुचना आदानप्रदान गर्ने व्यवस्था मिलाईएको छ । यसरी निश्चित उदेश्य प्राप्तिको लागि सम्वन्धित विशेषज्ञहरुको सहभागितामा स्थापित यस केन्द्रले आगामी दिनहरुमा देशको विभिन्न भागमा रोग उत्पन्न स्थितिको अन्वेषण, रोग निदान, रोग नियन्त्रण कार्यमा अग्रणी भूमिका खेल्ने र बदलिदो परिस्थितिमा यस केन्द्रले खेल्नु पर्ने भुमिकालाई दृष्टिगत गरी दीर्घकालिन प्रारुप तयार गरिएको छ भने संभव भएसम्म पशु स्वास्थ्य सुचनालाई भौगोलिक सुचना प्रणालीमा आबद्घ गर्ने, पशु क्वारेन्टाइन कार्यालयहरुलाई राष्ट्रिय सुचना प्रणालीमा आबद्घ गर्दे, प्रान्तीयस्तरमा समेत Networking system for data access विकसित पार्न प्रक्रिया शुरु गरि रोग सुचना प्रणालीलाई अझ बढी व्यवस्थित, प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाई देहायका उदेश्यका साथ भेटेरिनरी इपिडेमियोलोजी केन्द्र स्थापना भएकोहो ।