Government of Nepal
Ministry of Agriculture and Livestock Development
Department of Livestock Services
Animal Disease Investigation and Control Division
Veterinary Epidemiology Section
Tripureswor, Kathmandu, Nepal

Senior Veterinary Officer



Dr. Mukul Upadhyaya
Senior Veterinary Officer

Information Officer

नेपालमा H5N1 (बर्ड फ्लु) भाइरस देखापरेको हुनाले सचेत तथा सतर्क हुन आग्रह ।
12 Jun 2018 03:02 PM

वर्ड फ्लु लगायतका रोगवाट वच्न तथा वचाउन निम्नानुसारका जैविक सुरक्षाका उपायहरु अपनाऔं

  • आफुले पालेका पशुपंक्षीलाई खुला रुपमा नछोडी थुनेर मात्र पालौ ।
  • घरपालुवा पशुपंक्षीलाई जंङ्गली जनावरको सम्पर्कमा आउन नदिऔं ।
  • नदी, कुलो तथा खोलामा मरेका पशुपंक्षी लगायतका संक्रमित वस्तुहरु नफालौं ।
  • पशुपंक्षीहरुलाई दाना, पानी दिने भाडा नियमित रुपमा सफा गरौं ।
  • पशुपंक्षीलाई राखेको फार्म लगायतका स्थानमा नियमित रुपमा निसंक्रमण गरौं ।
  • हा“स, कुखुरा लगायतका पंक्षीहरुलाई एकै ठाउ“मा वा खोरमा मिसाएर नराखी छुट्टाएर राखौं÷पालौं ।
  • वजारमा बिक्रि वितरणको लागि लगिएको पशुपंक्षीहरु भरसक हाट वा बजारबाटफिर्ता नल्याऔं, ल्याउनै पर्ने भएमा केही दिनको लागि अन्य पशुपंक्षीकोसम्पर्कबा६ ६ा९ा राखौं ।
  • आफुले पालेका पशुपंक्षीहरु एक्कासी धेरै संख्यामा विरामी परेमा वा मरेमा तुरुन्त नजिकको पशु सेवाको निकायमा जानकारी गराऔं ।
  • पशुपंक्षी खरीद गर्दा श्रोत एकिन गरी मात्र गरौ । खरिद गरी ल्याइएकापशुपंक्षीलाई आफूसंग रहेका पशुपंक्षीहरुस“ग नमिसाई कम्तिमा पनि ७ दिनछुट्टै स्थानमा राखौं ।
  • पंक्षीपालन गरिएको क्षेत्र नजिक जंगली पंक्षीहरु आकर्षित हुने वातावरण नबनाऔं ।
  • पशुपंक्षी पालन गरिएको गोठ तथा खोरहरुमा बाहिरका मानिसहरुलाई अनावश्यक आवत जावत गर्न नदिऔं ।
  • पंक्षीहरुलाई दाना पानी दिने भा“डाकुडा, सुली आदी चीजहरु नाङ्गो हातलेनछुऔं, यदि नाङ्गो हातले छोएमा तुरुन्त साबुन पानीले राम्रोस“ग हातखुट्टाधुने गरौैं ।
  • पंक्षी राख्ने खोर नियमित रुपमा सफा गरी चुना, भिरकोन आदिले निसंक्रमण गर्ने गरौं ।
  • प्रयोग भइ सकेका अण्डा राख्ने क्यारेटबाट रोग सर्न सक्ने हुंदा यसको पुन प्रयोग नगरौ ।
  • कुखुराको खोरबाट निस्केको सुली तथा अन्य वस्तु जथाभावि नफालि खाल्डोमा राखी तह लगाऔं ।
  • रोगबाट वच्न व्यक्तिगत सरसफाइमा विषेश ध्यान दिऔं ।